
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष ०७३र७४ को बजेट शनिबार सार्वजनिक गर्दै छ ।
प्रधानमन्त्री भएदेखि नै ठूला सपना बाँड्दै आएका केपी ओली नेतृत्वको सरकारले सडक, रेलमार्ग, जलविद्युत् तथा विमानस्थलजस्ता ठूला पूर्वाधार निर्माणको योजनासहित वार्षिक आय–व्ययको अनुमानित विवरण सार्वजनिक गर्न लागेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सरकारले सातवटा प्रदेशमध्ये एउटामा कम्तीमा एउटा ठूलो विकास आयोजना पर्नेगरी बजेट ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । ‘संघीयता कार्यान्वयनसँगै हरेक प्रदेशको समानुपातिक विकासमा सरकारको जोड छ,’ स्रोतले नयाँ पत्रिकासंग भन्यो ।
के–के आउँदै छ बजेटमा ?
– सरकारले ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित आगामी आव ०७३/७४ को बजेट सार्वजनिक गर्दै छ, चालू आवमा आर्थिक वृद्धि ०.७७ प्रतिशतमा खुम्चिएको छ
– बजेटको आकार १० खर्ब २५ अर्बभन्दा ठूलो हुने जानकारी अर्थ मन्त्रालय स्रोतले दिएको छ
– सरकारी कोषमा दीर्घकालीन भार पर्ने क्षेत्रमा पनि सरकारले बजेट बढाएको छ, निर्वाचन क्षेत्र विकास कार्यक्रममा अहिले दिँदै आएको १ करोड ५० लाखलाई २ करोड ५० लाख बनाउने तयारी गरिएको छ, सांसद विकास कोषलाई २० लाखबाट ५० लाख दिने तयारी छ
– ०५१ मा एमालेकै नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ता अहिलेको मासिक १ हजारबाट बढाएर कम्तीमा १५ सय बनाउने तयारी छ
– सरकारी कर्मचारीको तलब न्यूनतम् १६ देखि २२ प्रतिशतसम्म बढाउने तयारी
– सरकारको छ, यसअघि मुख्यसचिव नेतृत्वको समितिले कर्मचारीको तलब २५
0 comments
Write Down Your Responses