सांसदीय टोलीले शिक्षण अस्पतालमा पुगेर डाक्टरलाई सचेत गराउँदै भने ‘कसैको दवाब र प्रभावमा नपरि रिपार्ट बाहिर ल्याउनु’
काठमाडौं, १४ जेठ । फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको मृत्यु पछि शव परीक्षण भईरहेको छ । यही अवधिमा शिक्षण अस्पताल महाराजगञ्जमा सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापतिका साथै सांसदहरुको टोली पुगेको छ । सांसदहरुले पोष्टमार्टममा संलग्न चिकित्सकहरुलाई तथ्यपूर्ण रिपोर्ट सार्बजनिक गर्न आग्रह गरे । सांसदहरुले शिक्षण अस्पतालमा पुगेर हत्या वा आत्महत्या सम्बन्धमा कसैको दवाबमा नपरी तथ्य वाहिर ल्याउन आग्रह गरेका हुन ।
पोष्टमार्टममा संलग्न हुने चिकित्सकहरुले आफूहरुले कसैको दवाब र प्रभावमा परेर गलत रिपोर्ट नबनाउने बताए । चिकित्सकहरुका अनुसार पोष्टमार्टम रिपोर्ट आउन अझै दुई दिन लाग्ने छ ।


0 comments
Write Down Your Responses