पशुपतिमा जोगीलाई गाँजा बेच्ने महिला यसरी समूह प्रहरी फन्दामा ..!!
पशुपति मन्दिर आसपासमा गाँजाको व्यापार गर्ने महिलाको समूह पक्राउ परेको छ ।गौशाला प्रहरीले गाँजासहित चार महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा घर भई गौशाला ३२ वर्षीया पार्वती दाहाल, नुवाकोट घर भई ककनी बस्ने ४४ वर्षीया लालमाया गुरुङ, सिन्धुपाल्चोक घर भई सिनामंगल बस्ने २३ वर्षीया विद्या अधिकारी, सिराह घर भई विजयचोक बस्ने २२ वर्षीया काली भनिने सरिता यादव छन् ।
त्यस्तै सिन्धुली घर भई थली बस्ने ५८ वर्षीय दिल बहादुर लामा पनि पक्राउ परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ


0 comments
Write Down Your Responses