गर्भवतीको पेटमा मुटु बाहिर भएको शिशु भेटियो ...
झापा : झापाकी एक गर्भवतीको पेटमा भएको शिशुको मुटु बाहिर देखापरेको छ । मेची अञ्चल अस्पताल भद्रपुरमा आज स्वास्थ्य परीक्षण गर्दा डाँगीबारी–८ की केरुङ थरकी २९ वर्षीया गर्भवतीको बच्चाको मुटु बाहिर देखिएको मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा सञ्जयकुमार गुप्ताले जानकारी दिए ।नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी उनको भिडियो एक्सरे गर्दा शिशुको मुटु बाहिर रहेको र आन्द्रा पनि बाहिर तथा मेरुदन्ड नै उल्टो देखापरेको उनले बताए ।
शिशुको इपिथेलियल टिस्यु विकासका क्रममा पूर्ण रुपमा विकास नहुँदा ग्यस्ट्रोकाइसिस हुने बताउँदै डा गुप्ताले भने–“यस्तो समस्या वंशाणुगत रुपमा पनि देखिन्छ, धूमपान, मद्यपान, कम उमेर र बढी उमेरमा गर्भवती बन्दा पनि यस्तो समस्या देखापर्छ ।”
गुप्ताले यसअघि पनि बनियानी–४ की श्रुति कार्की दाहालको भिडियो एक्स रे गर्दा मुटु बाहिर रहेको बच्चा रहेको जनाउँदै उनलाई थप उपचारका लागि धरान सिफारिस गरेका थिए । दाहालको गत साल चैत ७ गते शल्याक्रियापछि शिशु निकालिएको थियो ।

0 comments
Write Down Your Responses