हिजो सरकार जोगाउन मरिमेटेका कमल थापालेलाई बजेट आउने वित्तीकै के भयो ?

काठमाडौं । सत्तारुढ राप्रपा नेपालले अर्थमन्त्रीले शनिबार ल्याएको बजेटप्रति तिब्र असन्तुष्टि जनाएको छ । सरकारको तेस्रो ठुलो घटक राप्रपा नेपालले बजेट वितरणमुखी आएको र देशको अर्थतन्त्रले धान्न नसक्नेगरि ल्याइएको बजेटको अर्थ नहुने भन्दै आलोचना गरेको छ । उस्ले यही अवस्थामा बजेटलाई समर्थन गर्न नसक्ने पनि बताएको छ । स्थानीय विकास मन्त्रालय समेत सम्हालीरहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा स्वयं बजेटप्रति असन्तुष्ट छन् । उनले यो बजेट कार्यान्वयनमा समस्या आउने भएकाले अब पार्टी कसरी अघि बढ्ने भन्ने निर्णय लिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । बैठकमा सहभागि केही नेताहरुले राप्रपा नेपालको भावना नसमेटीएसम्म बजेट पास हुन नदिने रणनीति लिन थापालाई सुझाव दिएका थिए । थापाले प्रधानमन्त्रीसँग एक पटक कुराकानी गर्ने र पार्टीले आवश्यक निर्णय लिने तयारी गरेका छन् ।

0 comments

Write Down Your Responses