आम उपभोक्ताको घरघरमा सिलिन्डर बम,एचपी ग्यासले निम्त्याएको अनिष्ट
नाफाखोरी व्यापारी र व्यवसायीको कारण अहिले आम उपभोक्ताको घरघरमा बम फिट भए झै भएको छ । व्यापारीको कमाउने धन्दामाथि सरकारी निकायले अंकुश लाउन नसक्दा मारमा उपझोक्ताहरु परेका छन् ।भोको पेटमा न्यानो थप्ने भान्साका कतिपय गुणस्तरहीन सिलिण्डरले आम उपभोक्ताहरु मृत्युसित खेलिरहेका छन् । जोखिम मोलेर आगो वालिरहेका छन् । त्यस्तै देखियो एक हप्ता अघि भएको एचपी ग्यास सिलिण्डर विस्फोट ।
यसरी नै काम गरिरहँदा पड्केको एचपी ग्यासको सिलिण्डरले सुरेश र ध्रुव ताम्राकारको ज्यान लिएको थियो गत शुक्रवार पाटन मंगलवजारमा ।
हिमालय पेट्रोकेमिकल्स, एचपी सिलिन्डर विस्फोट हुदा अन्य दुईजना गंभीर घाइते भएका थिए । उनीहरुको उपचार भैरहेको छ । तामाको मानेलाई जोडिरहँदा एचपी ग्यासको सिलिण्डर विस्फोट भएको हो ।
अक्सर तामा र पित्तलका हस्तकलाका सामग्रीहरु जोड्न पर्दा ग्यास सिलिण्डरको उपयोग गर्ने गरिन्छन् । तर आम नागरिकहरुलाई के थाहा कि ती सिलिण्डरहरु गुणस्तरीय छन् या छैनन् ? व्यवसायीहरु राज्य कमजोर हुदाको लाभ उठाइरहेको प्रमाण एचपी ग्यासले पेश गरेको राष्ट्रिय उपभोक्ता मञ्चको आरोप छ ।
गत शुक्रबार भएको घटनाको महानगरीय प्रहरी परिसर ललितपुर, आपूर्ति विभाग, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय उपभोक्ता मञ्चले गरेको संयुक्त अध्ययन गरिहरको छ । त्यसक्रममा, सामान्यतया सिलिन्डरको मोटाइ एक दशमलव ८३ मिमि मात्र पाइएको छ । जुन २ दशमलव ९ मिमि हुनु पर्ने अन्तर्राष्ट्रिय तथा नेपाल गुणस्तर मापदण्ड छ ।
तर यी कुनै मापदण्ड भित्र एचपी ग्याँसको सिलिण्डर नहुँदा विस्फोट भएको हो । संयुक्त टोली थप अनुसन्धानको लागि धादिङस्थित कम्पनीको अनुगमनमा निस्केको छ ।
मुलुकमा ५३ ग्यास कम्पनी छन् भने बजारमा प्रमाणित करिब ६२ लाख सिलिन्डर छन् । तर उपभोक्ताहरुको असावधानी, व्यवसायीहरुको लापरवाही र नाफाखोर, र सरकारी निकायको कमजोर अनुगमन प्रणालीले ग्यास सिलिण्डरले चुल्होमा दुर्घटनाहरु पनि पाकिरहेको हुनसक्छ । यो एचपी ग्यासले देखाएको छ ।


0 comments
Write Down Your Responses