ओलीलाई प्रचण्ड र देउवाको डर ! बालुवाटारमा बस्ने दिन अब धेरै छैन भन्ने थाहा पाएपछि…

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बस्ने दिन अव धेरै बाँकी छैनन् । भर्खरै भारत पुगेर फर्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सत्ता साझेदारीमा रहेका एमाओवादी, राप्रपा, राप्रपा नेपाललगायतका दलहरूसँग नयाँ सरकार गठनको छलफल तीव्र पारेपछि ओली सत्ताबाट चिप्लिन लागेका हुन् । आफ्नै सचिवालयमा असुरक्षित रहेका ओलीले यही बेला विवादित काम पनि गरिरहेका छन् । त्यति मात्र होइन, ओलीसँग उनकै दलका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल पनि खुसी छैनन् । सरकार र पार्टी मनलाग्दी चलाएको आरोप ओलीमाथि छँदै छ । त्यसकारण पनि एमालेकै अन्य नेताहरू पनि ओलीको विकल्पको खोजी गरिरहेका छन् । यही बेला कांग्रेसको सरकार फेर्ने अभियान चल्दा एमालेकै नेताहरू पनि ताली पड्काइरहेका छन् । सकेसम्म एमाले सरकारलाई जेठ १५ मा बजेट ल्याउन नदिने कांग्रेसले रणनीति बनाइसकेको छ । 

कांग्रेसको पहिलो प्राथमिकता संविधान पक्षधरहरूको राष्ट्रिय सरकारको सोच हो । जसमा प्रचण्डले कांग्रेसका लागि हरियो बत्ती बालिसकेका छन् । प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन सक्नेसम्मको खेल कांग्रेसले गरिरहेको छ । ‘हामीले रचनात्मक सहयोग गर्दा पनि सरकारले काम गर्न सकेन’ कांग्रेस नेता मीन विश्वकर्माले भने, ‘संविधान कार्यान्वयन भएन भने योभन्दा ठूलो संकट आउन सक्छ । अब धैर्य गर्न सकिँदैन ।’ कांग्रेस नेताहरूले संविधान पक्षधरहरूको राष्ट्रिय सरकारका लागि एमाले तयार नभए बहुमतको सरकार गठनको प्रयास गर्ने बताएका छन् । तर, यही बेला प्रधानमन्त्री ओलीले पनि भटाभट विवादित निर्णयहरू गरिरहेका छन् । आफ्नै पार्टी मात्र होइन, निकट नेताहरूले नै विरोध गरेका दीपक पाठकलाई प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त गरेपछि ओली थप आलोचित भए ।

 उसै त सचिवालयमा सुराकी प्रकरणले कोकोहोलो मच्चिएको बेला ओलीले विवादित निर्णयहरू लिन थालेपछि बालुवाटारमा रहेका उनी निकटतले पनि दिक्क मानेका छन् । नेपालको राजनीतिमा जहिले पनि लाग्ने मुख्य ग्रहण भनेको भारत र चीनसँगको नजिक या टाढाको सम्बन्धको आधार बन्ने गरेको छ ।
 स्वतन्त्र र सार्वभौम मुलुकले कूटनीतिक सम्बन्धलाई आफ्नो नीतिका आधारमा तय गर्न नपाउने, संवैधानिक निकायका प्रमुखहरूको नियुक्ति, मन्त्रिपरिषद्का निर्णयहरू पनि शक्तिशाली मुलुकको प्रभावमा गर्नुपर्ने जोखिम चिर्नका लागि सक्रिय हुनुपर्ने बेला सानातिना नियुक्तिहरू र तिखो प्रहारमा ओली अभ्यस्त भएपछि कांग्रेसले सरकार फेर्ने खेलमा सहजता पाएको छ ।प्रधानमन्त्री ओली अति सहज भएका कारणले पनि आफूले गरेका निर्णयहरूको विवादको घेरामा आफैं पर्ने गरेका छन् । काउन्सिलमा सदस्य भएका पाठकको छवि दुनियाँलाई थाहा हुँदाहुँदै पनि मुढे बलमा ओलीको आदेशबाट उनी काउन्सिल सदस्य भए । बालुवाटार स्रोतका अनुसार पाठकलाई ओली धर्मपुत्र जत्तिकै ठान्छन् । ओलीलाई भेट्नासाथ पाठक लम्पसार परेर ओलीको खुट्टै ढोग्न पनि पछि पर्दैनन् । जनप्रहार साप्ताहिकमा खबर छ ।

0 comments

Write Down Your Responses