लामखुट्टेले दुःख दियो ? अब स्मार्ट फोनको प्रयोग गरेरै यसरी भगाउनुहोस् ....
काठमाडौं । यदि तपाईलाई लामखुट्टेले टोकेर हैरान पारेको छ भने त्यसलाइ भगाउन कुनै रसायनि पदार्थको प्रयोग गर्दै आइएको छ । तर लामखुट्टे भगाउने एउटा अर्को तरीका पनि छ, जसमा तपाईलाई तपाईको स्मार्ट फोनले मद्दत गर्न सक्छ ।
स्मार्ट फोनमा एउटा यस्तो एप डाउनलोड गर्नुहोस, जसले उच्च फ्रिक्वेन्सीमा आवाज निकाल्छ जुन आवाज लामखुट्टेलाई पटक्कै मन पर्दैन र त्यसलाई सुनेपछि लामखुट्टे तपाईको आसापास आउदैन ।
यसको लागि Hertzier एप डाउनलोड गरेर आफ्नो स्मार्ट फोनमा इनस्टल गर्नुपर्छ । आवाजको भोल्युम यो एपको निशुल्क भर्सनमा केही साउण्ड त छन्, तर यसमा करिब १०० रुपैया खर्च गरेर एप किन्ने हो भने यसमा लामखुट्टेसँग लड्नको लागि फरक–फरक आवाजको प्रयोग गर्न सकिन्छ ।
लामखुट्टेलाई भगाउनको लागि जुन उच्च फ्रिक्वेन्सी आवाजको प्रयोग गरिन्छ, त्यो आवाज मान्छेले भने सुन्न सक्दैनन् । जुन आवजको छनौट गरिन्छ त्यो आवाज लामखुट्टेको लागि तेज हुन्छ र त्यसलाई पनि एउटा स्लाइडरको मद्दतले छनौट गर्न सकिन्छ ।
यो एपको मद्दतबाट कुकुर र बिरालोलाई पनि टाढा भगाउने आवाज निकाल्न सकिन्छ ।


0 comments
Write Down Your Responses