बार्सिलोनाले छैठौं पटक जित्यो ‘ला लिगा’को उपाधि ...!!
काठमाडौं, जेठ २ । यसवर्षको स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । शनिवार राती भएको खेलमा ग्रानाडालाई उसकै घरेलु मैदानमा ३–० ले हराउँदै उपाधि जितेको हो । यो सगै पछिल्लो ८ वर्षमा बार्सिलोनाले ६ पटक ला लिगामा कब्जा जमाएको छ ।
अन्तिम खेलसम्म दुई स्पेनिस महारथी रियल म्याड्रिड र बार्सिलोनाले उपाधि होडलाई रोमाञ्चक बनाइराखेका थिए । गए राती एकै समयमा दुवै टोलीले उपाधि कब्जा गर्ने आशा सहित आ—आफ्नो खेल खेले । रियलले पनि आफ्नो खेल त जित्यो तर उपाधिका लागि उसले बार्सिलोनाको हार पर्खिएको थियो ।तर बार्सिलोनाका स्वारेजले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जीत निकाल्यो । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २२ औं मिनेटमा अग्रता लियो । ३८ औं मिनेटमा स्वरेजले दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २(० को अग्रता लिन सफल भयो ।
खेलको ८६ औं मिनेटमा स्वरेजले हृयाट्रिक पुरा गर्दै बार्सिलोनालाई स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका छन् ।


0 comments
Write Down Your Responses