श्रीमतीलाई यसरी बात लगाएपछि…

खोटाङ, २ जेठ । श्रीमान विदेशमा रहेका बेला ससुराको बात लागेपछि खोटाङ महादेवस्थानकी सानु परियार नाम परिवर्तनले वर्ष दिनअघि आत्महत्या गरिन् । पैसा कमाउन मलेसिया गएको श्रीमान १० वर्षसम्म सम्पर्कविबीन बनेको तनाव र समाजका बात सहन नक्सदा परियारले घरकै शौचालयमा बिष सेवन गरेर आत्महत्या गरेकी थिइन । नागरिक दैनिकले समाचार छापेको छ । उनको मृत्युपछि ३ जना बालबच्चाको बिचल्ली भएको छ । श्रीमान कतारमा रहेकै समय नेर्पाकी एक महिलाले विष सेवन गरिन । स्थानीयका अनुसार श्रीमानसँग उनको बेलाबेलामा फोनमा नै झगडा हुने गर्दथ्यो । श्रीमान विदेशमा रहेको बेला बात लगाउने र कुरा काट्नेको हद नाघेपछि च्यास्मीटारकी राई थरकी एक महिलाले हाम फालेर जीवनलीला समाप्त गरिन् । परिवार सम्हाल्ने जिम्मा लिएर बसेका महिला आफन्तकै आक्षेपका कारण मृत्यु रोज्न बाध्य छन् ।

0 comments

Write Down Your Responses