किन बस्दैनन् पारस हिमानीसँग ?

काठमाडौं । पारिवारिक कलहले लामो समयसम्म छुट्टिएर बसेका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह गत चैत २० गते एउटा विवाह भोजमा सँगै देखिएका थिए। स–परिवार भोजमा देखिएका उनीहरू एकै ठाउँमा बसोबास भने हुन सकेको छैन । पारसकी फुपु शोभा शाहीको छोरा हमिमबानको विवाह समारोहमा बाबु ज्ञानेन्द्र, मुमा कोमल, पत्नी हिमानी र छोराछोरीसँगैको फोटो सार्वजनिक गरिएको थियो। त्यसैगरी नयाँ वर्ष २०७३को शुभकामना दिने क्रममा पारससहित सबै परिवारको फोटोसहित कार्ड बाँडिएको थियो। तर करिब १३ महिनाअघि थाइल्याण्डबाट नेपाल फर्किएका पारस र हिमानीबीच अहिलेसम्म सँगै बसोबास नहुनुलाई सबैले अचम्म मान्न थालेका छन्। पूर्वयुवराज अहिले सुनाकोठीस्थित आलिसान महलमा बसोबास गर्न थालेका छन्। फुपु शोभा शाहीका छोरा अवकास प्राप्त प्रमुख सेनानी विकास शाहीको घरमा धीरेन्द्रकी माहिली पुत्री शिताष्मासँगै बस्न थालेका छन्। पत्नी हिमानीसँग नबसेर बहिनी शिताष्मासँगै बसेका पारस अहिले अधिकांश समय खेल्न र पढ्नमा व्यस्त छन्। ‘उनी आइतबार, मंगलबार र बुधबार नारायणहिटिस्थित रत्नमञ्जिलमा बस्दै आएकी हजुरआमा रत्नलाई भेट्न आउने गरेका छन्,’ परिवारका एक सदस्यले भने। यही वैशाख २४ गते आमाको मुख हेर्ने दिन पारसलाई भेट्न बाबु ज्ञानेन्द्र, आमा कोमल, छोरीहरू पूर्णिका र कीर्तिका तथा छोरा हृदयेन्द्र सुनाकोठी पुगेका थिए।समाचारपत्र दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses