यसरी बदलिँदै गठबन्धनको आन्दोलन....
काठमाडौ । सिंहदरबार पस्ने नाकामा दुई दिन धर्ना दिएको संघीय गठबन्धन मंगलबार बालुवाटार पुग्यो ।
प्रधानमन्त्री निवास घेर्न गएका प्रदर्शनकारीमा अधिकांश मधेसी महिला थिए । गठबन्धनमा आबद्ध मधेसवादी दलले आन्दोलनमा सहभागी हुन उनीहरूलाई काठमाडौं ल्याएका हुन् ।
छिटफुट तनाव र झडपबाहेक बालुवाटार धर्ना शान्तिपूर्ण रूपमा सकिएको थियो ।
गठबन्धनले बुधबार दिउँसो १ बजे शान्तिबाटिकामा सभा गर्ने निर्णय गरेको छ । सभालाई गठबन्धनमा आबद्ध २९ जातीय क्षेत्रीय दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
गठबन्धनले बुधबार बिहान बैठक गरी आन्दोलनका बाँकी कार्यक्रम सार्वजनिक गर्ने नेताहरूले जानकारी दिए । आजको कान्तिपुरमा समाचार छ ।


0 comments
Write Down Your Responses