सरकार छाड्ने निर्णय सुनाउन बालुवाटार पुगे प्रचण्ड, प्रधानमन्त्री ओलीले के भने ?
काठमाडौं, २२ वैशाख । एमाले नेतृत्वको वर्तमान सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने पार्टीको निर्णय बोकेर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सरकार फेर्ने पार्टीको निर्णय जस्ताको तस्तै सुनाएको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।
बालुवाटार स्रोतका अनुसार प्रचण्डले सरकार फेर्ने पार्टीको निर्णय सुनाउँदा ओली केही बोल्न सकेनन् । उनले यसबारे पार्टीमा थप छलफल हुने जवाफ मात्रै दिए ।
पार्टीको निर्णय सुनाउन गएका प्रचण्डले आफ्नो नेतृत्वमा निर्माण हुने नयाँ सरकार गठनमा सहयोग गर्न पनि ओलीलाई आग्रह गरेको स्वकीय सचिव महराले बताए ।


0 comments
Write Down Your Responses