प्रचण्डको हैसियत यसरी देखाइदिए गिरीले ...
काठमाडौं, २२ बैशाख । हाँस्यकलाकार दीपकराज गिरीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हैसियत कांग्रेसको एक सांसदले हल्लाउन सक्ने रहेको पनि टिप्पणी गरेका छन् ।पदाधिकारी बैठकबाट निर्णय गराएर आफ्नो नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउने र यसमा सहयोग गर्न अध्यक्ष प्रचण्डले अपिल गरेपछि कलाकार गिरीले उनको हैसियतका बारेमा टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै कलाकार गिरीले पहिलो पटक प्रधानमन्त्री हुँदा आर्मी चिफले जागिर खाइदिएको र अहिले कांग्रेसको एक सांसदले नै हल्लाउन सक्ने कमजोर अवस्थामा प्रधानमन्त्री किन बन्न लागेको भनि प्रश्न गरेका छन् ।
नयाँ संविधान कार्यान्वयन गर्न छाडेर सरकार परिवर्तन तर्फ दलहरु लागेको प्रति असन्तुष्ट देखिएका गिरीले फेसबुकमा उल्लेख गरेका छन्, ‘‘पहिलो पटक प्रधानमन्त्री हुँदा आर्मी चिफले जागिर खाइदिए अब त कांंग्रेसको एक सभासदले नै हल्लाउन सक्ने कमजोर प्रधानमन्त्री किन बन्न लाका हुन्…..संविधान कार्वान्यन एकातिर कुम्लो बोकी सरकार तिर….।’ प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने एकीकृत माओवादीको निर्णयलाई लक्षित गर्दै गिरीले लेखेका छन् , लौ आधिकारिक नै आयो कुरो……सरकार परिवर्तन ।’


0 comments
Write Down Your Responses