छोरी कविताको डेब्यु प्रोजेक्टमा निर्देशन गर्छिन् करिस्मा ...
सदाबहार नायिका करीस्मा मानन्धरले छोरी कविता मानन्धरलाई होमप्राोडक्सन प्रोजेक्टमा डेब्यु गराउन लागेकी छिन् । कलाकारहरुको सन्तानको लिगेसिलाई करीस्माले पनि निरन्तरता दिने भएकी छिन् ।
कविता भने अहिले युएसमा ब्याचेलर दोस्रो वर्षमा अध्यायनरत छिन् । उनि कलाकारीता क्षेत्रमा पनि हात हाल्ने सुरमा रहेकी छिन् । अहिले उक्त अनटाईटल प्रोजेक्टको लागी स्क्रीप्ट लेखन सुरु भईसकेको नायिका तथा निर्मात्री करीस्माले जानकारी गराईन् ।उक्त फिल्मलाइ नायिका करीस्मा आफैले निर्देशन गर्ने बताउँदै छोरी कवितालाई डेब्यु गराउने मनसायमा रहेकी पनि बताईन् ।
प्राय जसो कलाकारहरुको सन्तान कलाकारीता क्षेत्रमा नै लागी परेका देखिन्छन् । सदाबहार नायक भुवन केसिको छोरा अनमोल पनि कलाकारीता क्षेत्रमा नै लागेका छन् । साथै उनि कलाकारीता क्षेत्रमा अहिले निकै चर्चामा पुग्न सफल पनि भईसकेका छन् ।त्यस्तै निर्देशक सोबित बस्नेतको छोरा सलोन बस्नेत पनि कलाकारीता क्षेत्रमा नै लागी परेका छन् । अहिले नायिका करीस्मा मानन्धरको छोरी कबिता मानन्धरले पनि कलाकारीता क्षेत्रलाइ नै आगाल्ने भएकी छिन् । उनले कलाकारीता लाई निरन्तरता दिने या नदिने चाँहि पछि नै थाहा हुनेछ ।


0 comments
Write Down Your Responses