म जेलमा हुदाँ नरोएको दिन थिएन’ ....

बलिउड अभिनेता संजय दत्तले जेलमा बस्दा बिताएका कठिन दिनहरुबारे खुलासा गरेका छन् । अवैध हातहतियार राखेको आरोप प्रमाणित भएपछि उनलाई ५ वर्षको जेल सजाय भएको थियो । तर जेलमा राम्रो काम गरेबापत उनको सजाय कम गरिएको थियो । उनलाई पुणे जेलमा राखिएको थियो । पुणे जेलमा धेरै माखाहरु भएको र हरेक कुरामा माखाहरु टासिने गरेको उनले बताए । उनले भनेका छन्,‘मैले धेरै पटक चिया, दाल लगायत अन्य खाने कुराहरुबाट माखा फालेर खाएको छु ।’ संजयले त्यस्तो गरेको देखेर उनका एक साथीले किन त्यस्तो गरेको भनेर प्रश्न गरेका थिए । उनले जबाफ दिदै भनेका थिए,‘दालमा प्रोटिन हुन्छ ।’ उनी जेल जीवन बिताइरहँदा उनका बच्चाहरुलाई भने यसबारे जानकारी दिइएको थिएन । उनले भनेका छन्,‘मेरा बच्चाहरुलाई म जेलमा बसेको बारे केही थाहा छैन । मान्यतालाई मैले जेलमा बच्चा नलेराउन भनेको थिए ।’ २३ वर्ष अधि जब संजय दत्तलाई टाडा कानुन लागेको थियो । उनी सुटिङ सकेर फर्कदा उनलाई हजारौ प्रहरी बन्दुक तेर्साएर गिरफ्तार गर्न आएका थिए । उनले भनेका छन्,‘मलाई जब त्यतिखेर कारबाही मलाई टाडा कानुन भनेको नै थाहा थिएन ।’ उनलाई जब जेलमा एक्लै राखियो उनी बिहान उठेसी परिवारलाई सम्झदै हरेक दिन रुने गरेको बताएका छन् ।

0 comments

Write Down Your Responses