दिल्लीको गोप्य सूचना कसले चुहायो ? कुटनीतिज्ञको जागिर चट् ....

काठमाडौं, २५ वैशाख । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाउन निर्देशन दिएको विषयमा विभिन्न विषय बाहिर आउन थालेका छन् । नयाँदिल्लीमा बसेर केपी ओली नेतृत्वको सरकार गिराउने खेल गरेको भन्दै सरकारले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको स्रोतको भनाइ छ । उपाध्यायले भने आफूलाई सरकारले किन फिर्ता बोलाएको हो भनेरबारे अनभिज्ञता जनाएका छन् । आफ्ना गतिविधीलाई संकास्पद बनाउँदै आएका उपाध्यायका क्रियाकलापलाई वर्तमान एमाले नेतृत्वको सरकारले सूक्ष्मरुपमा हेर्दै आएको थियो । राजदूत उपाध्यायले आफ्नो पदीय मर्यादा विपरीत सरकार गिराउने खेलमा भारतीयसँग मिलेर सक्रिय रुपमा लागेको थाहा पाएपछि फिर्ता बोलाउने निर्णय शुक्रबारको मन्त्रिपरिषदबाट गरेको स्रोतले जनाएको छ । नयाँदिल्लीको गोप्य सूचना कांग्रेससम्म पुगाउने राजदूत उपाध्यायको राजदूतको जागिर अब चट् भएको छ । उनी फिर्ता हुनेछन् ।

0 comments

Write Down Your Responses