दक्षिण एसिया ध्वस्त पार्ने दाउमा छन् सक्नी मोदीः पहाडी ...

Krishna-Pahadi-768x456डोटी, १ जेठ । मानव अधिकारवादी कृष्ण पहाडीले राजनीतिक दलका नेताहरुका कारण देश दुर्घटनामा पर्न लागेको बताए । नागरिक समाजका अगुवा समेत रहेक पहाडीले मानव अधिकार तथा शान्ति समाजको आयोजनामा डोटीको सिलगढीमा आयोजित जागरण सभामा भने ‘खलासीको भूमिका मात्रै निर्वाह गर्न सक्ने भन्दै गाडी भिरमा पुग्न लागेको अवस्थामा खलासीले बजाएको सिटी नसुनेपछि ठूलो दुर्घटना हुन सक्छ ।’ ‘मैले एनेकपा माओवादीलाई पनि आवेशले होइन विवेकले काम गर्नुहोस् भनेको छु,’ उनले भने, ‘सत्ता सञ्चालनका लागि राजनीतिक दल नै चाहिन्छ, त्यसैले दलहरु संयमित हुनुपर्छ ।’ ‘शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमानः एकता, सदभाव र आत्मसम्मान’ भन्ने नाराका साथ आयोजनामा पहाडीले भने, ‘मोदीले भारतीय सरकारको मात्रै नेतृत्व गर्छन्, उनले सम्पूर्ण भारतीय जनताको नेतृत्व गर्दैनन् ।’ भारतले लगाएको नाकाबन्दीको आलोचना गर्दै मोदी जस्ता सन्कीहरुले गर्दा नेपाल र भारतको सम्वन्ध बिग्रिनु हुँदैन ।’ पहाडीले मोदी जस्ता शासकहरु दुई जना अरु भए दक्षिण एसिया ध्वस्त हुने दावी गरे

0 comments

Write Down Your Responses