कंगना काण्डका कारण पूर्वपत्नि सुजैनसँग नजिकिए ऋतिक रोशन ....

Hritik Roshanएजेन्सी । बलीउड चर्चित नायक ऋतिक रोशन नायिका कंगना काण्डका कारण पछिल्लो समय फेरी एक पटक चर्चामा छन् । कंगना र ऋतिक बिच जारी आरोप प्रत्यारोपले विभिन्न मोड लिँदा ऋतिककी पूर्वपत्नी सुजैन उनीसँग नजिकिएकी छिन् । भारतीय मिडियाले यो कुरालाई पुष्टी गर्दै तस्विरलाई उनीहरुको निकटताको मुख्य आधार मानेको छ । यो जोडीलाई उनीहरुका साना छोराको जन्मदिनको अवसरमा एउटै घरमा देखेपछि उनीहरुको निकटता नजिकैबाट देखिएको हो । केही समय पहिले मात्रै यो जोडीबिच पानीबाराबारको अवस्थाका बिचबाट यति निकटतम देखिनु एउटा सुखद संयोग भएको बताइन्छ । जसको मुख्य कारक बनेकी छिन् कंगना ।

0 comments

Write Down Your Responses