चीनले एक्कासी किन नेपाल पठायो आफ्ना सम्मानित ठूला नेता ?

Chinese_religious_leader_Venerable_master_Insonकाठमाडौं, ५ जेठ । बिहीबारबार हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलमा सहभागी हुन चिनियाँ उच्च बुद्धिष्ट धार्मिक नेतासहित भिक्षुको टोली काठमाडौँ आएको छ । पर्यटन मन्त्रालयका अनुसार चिनियाँ बुद्धिष्ट एसोसियसनका उपाध्यक्ष रहेका भेनेरेवल मास्टर यिन सन् नेतृत्वको एक टोली आएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । टोलीलाई पर्यटन र परराष्ट्र मन्त्रालयका अधिकारीहरुले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे । उनी चिनियाँ मन्त्रीभन्दा माथिल्लो तहमा पर्ने धार्मिक नेता हुन् । बुद्धिष्ट एसोसिएसनका उपाध्यक्षसहितको २६ सदस्यीय टोलीलाई चिनियाँ दूतावासको संयोजनमा काठमाडौंमा बस्ने व्यवस्था मिलाइएको छ । सन् १९७४ मा हुवेई प्रान्तमा जन्मेका उनी हाइनान प्रान्तका बुद्धिष्ट एसोसिएसनका अध्यक्ष हुन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको ग्वाङ्डोङ् प्रान्तको स्थायी समिति सदस्य तथा सेन्झेनस्थित होङ्फा र हाइनानस्थित नान्सा बुद्ध मन्दिरका प्रमुख हुन् ।

0 comments

Write Down Your Responses