मानिसहरुको यौन चाहना बिनाको जिवन कस्तो हुन्छ त ?
तर आफ्नो बाल्यकालको धेरैजसो समयमा मैले यो सोँचदथेँ की अरु सबै मानिसहरु पनि मै जस्तै छन् । तर उनीहरु यो कुरालाई मैले भन्दा पनि राम्रो तरिकाले लुकाइरहेका छन् । जर्जलाई कहिल्यैपनि कुनै यौन आकर्षण पैदा भएन । तर धेरैजसो एसेक्सुअल मानिसहरुजस्तै उनको पनि लामो समयदेखि एक प्रेम सम्बन्ध छ ।
सोफी र जर्जको पहिलो चुम्बन एक आश्चर्य जस्तै थियो । सोफी भन्छिन् : मलाई पूरै एकिन थियो की जर्ज एक होमोरोमान्टिक हुन् । तर उनीबाट थाहा भयो की रोमान्सले कसरी पानीजस्तै कुनैपनि आकार लिनसक्छ भनेर । होमोरोमान्टिक भनेको यस्तो व्यक्तिलाई भनिन्छ जसमा आफ्नै लिंगको व्यक्तिप्रति रुमानी भावना पैदा हुन्छ । सोफी भन्छिन् : मलाई लाग्दैन की प्रेम र सेक्स कहीँबाट पनि एक अर्कोसँग जोडिएका हुन्छन् । मलाई लाग्न यौनिकता तरल जस्तै हो र विविधतापूर्ण हुन्छ ।
रोमान्स पनि यस्तै हो । सोफी आफुलाई ग्रे सेक्सुअल वा ग्रे एसको रुपमा परिचित गराउन वा चिनाउन मन पराउँछिन् । उनका अनुसार यो शव्द ठूलो संख्यामा टम्बलर, ब्लग तथा एसेक्सुअल भिजिबिलिटीका अनलाइन फोराम अनि एजुकेसन नेटवर्कमा निकै प्रयोग प्रयोग भएको पाइन्छ ।
ग्रे सेक्सुअल शव्दको खास परिभाषा छैन । तर आम रुपमा यो यस्ता व्यक्तिहरुलाई भनिन्छ जो आफुालई सेक्सुअल र पूर्णरुपमा एसेक्सुअल मानिसहरुको बीचमा पाउँदछन् । आफुलाई यस्तो भन्न रुचाउनुको कारण सोफीलाई निकै बिरलै भएपनि कहिलेकाहीँ यौन आकर्षण पैदा भएको छ अरे । उनका अनुसार यस्तो आकर्षणको भावना आउँछ, जान्छ । कहिलेकाहीँ आएजस्तो हुन्छ तर उनले त्यसलाई बेवास्ता गर्न सक्छिन् र तत्कालै आफ्नो नियमित काम गर्न सक्छिन् । एसेक्सुअलको अर्थ केवल यौन आकर्षणको अभाव हुनु हो । यसको मतलब अरु कुनै चिजको कमी हुँदैन । त्यस्तै डेमीसेक्सुअल भनेर त्यस्ता मानिसलाई भनिन्छ जसमा यौन आकर्षण तब महसुस हुन्छ जब उनीहरुको कसैसँग नजिकको भावनात्मक सम्बन्ध बन्दछ । शोध अनुसार अन्य सामान्य यौन आकर्षणवाला मानिसहरुको तुलनामा एसेक्सुअल मानिसहरुलाई धेरै नकारात्मक दृष्टिकोणबाट हेर्ने गरिन्छ ।
उनीहरुलाई धेरै गैरमानवीय ढंगले व्यवहार गर्ने गरिएको पाइएको छ । यस्ता मानिसलाई एकसाथ मेसिन जस्तो वा जनावरजस्तो ठानिन्छ । एसेक्सुअल समुदायमा सेक्सको बारेमा विभिन्न खाले मान्यताहरु छन् । कतिपय एसेक्सुअलहरु सेक्समा सम्झौता गर्नुपर्छ भन्ने कुराको विरोध गर्दछन् त कतिले आफ्नो पार्टनरको लागि भएपनि सेक्स गर्दछन् ।

0 comments
Write Down Your Responses