प्रचण्डका छोरा प्रकाशलाई पत्नीका कारण फेरि यसरी भयो अर्को हैरानी

काठमाडौं, २२ वैशाख । ‘उसले अर्कै श्रीमती ल्याएर बच्चा पनि पाइसक्यो, अब तपाईलाई फर्काएर लाँदैन, उमेर छ । आफ्नो व्यवस्था मिलाउनुहोस् । छोरालाई पढाउने र अरु कुरा के–के चाहिने हो भन्नुस, कानुनी रुपमा नै अलग हुँदा बेस ।’ प्रचण्ड परिवारको तर्फबाट दूतको रुपमा प्रस्तुत भएजस्तो नलाग्ने गरी पोखरेली पूर्वसभासद राजकाजी गुरुङ ‘किरण’ले सिर्जना त्रिपाठी समक्ष यस्तो प्रस्ताव राखेका छन् । तर, प्रकाश दाहालसँग अलग्गिएर कास्कीको हेम्जास्थित माइतीमा बस्दै आएकी सिर्जनाले चाहिँ प्रचण्डकी बुहारी भएरै मर्ने, एमाओवादी पार्टीमा क्रियाशील रहने तर डिभोर्स नदिने जवाफ फर्काएकी छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ । पार्टी स्रोतका अनुसार उनी भन्छिन्, ‘धेरैले मलाई बहुविवाहमा मुद्दा हाल्न सल्लाह दिएका छन् तर मैले बा (प्रचण्ड)को मुख हेरेर उजुर हाल्नेबारे सोचेकीसम्म छैन । उहाँले मलाई छोरीको जस्तो व्यवहार गर्नुहुन्थ्यो, मेरो पीडा सुन्नुहुन्थ्यो । सीताले हो मेरो घर भाडिदिएको । जति गल्ती गरे पनि छोरालाई कहिल्यै नहप्काउने, एकोहोरो उसको कुरा सुन्ने ।’

0 comments

Write Down Your Responses