ख्याल गर्नुहोस् यसकारण पनि तपार्ईंको फेसबुक एकाउन्ट बन्द हुनसक्छ ...

fabook२०७३ बैशाख ३१ शुक्रबार एजेन्सीः तपाई नियमित फेसबुक चलाउनुहुन्छ ? तपाईको प्रोफाइलमा देखिएका तस्बिर तथा विभिन्न मनपर्ने स्टाटस पनि आफ्नो प्रोफाइलमा सेयर गर्नुहुन्छ होला । यदी त्यसो गर्नुहुन्छ भने सेयर गर्नेबेला तपाईले ध्यान पुर्‌याउनुपर्ने भएको छ ।जथाभावी फेसबुकमा अपलोड भएका तस्बिर सेयर गर्नुभयो भने तपाईंको फेसबुक ब्लक हुन सक्छ । फेसबुकमा अपलोड भएका आतंक मच्चाउने तस्बिर सेयर भएमा फेसबुकले ७२ घण्टासम्म एकाउन्ट बन्द गर्ने गरेको छ ।एकाउन्ट बन्द हुन नदिन यि कुरा नगर्नुहोस् मानिसको गोप्य अंग देखिने तस्बिर पोस्ट गरेमा फेसबुकले तपाईंको एकाउन्ट आफैं बन्द गरिदिने गरेको छ । त्यस्तै दुई सय भन्दा बढी ग्रुपमा जोडिने व्यक्तिको एकाउन्ट पनि फेसबुकले बन्द गर्दिने गरेको छ । व्यक्तिगत लान्छना लाग्ने तथा कुनै व्यक्ति वा समूदायलाई गाली गर्ने खालका पोस्ट तथा कमेन्ट गरेका पनि फेसबुक ब्लक हुनसक्छ ।

0 comments

Write Down Your Responses