‘नर्क’ भनेर चिनिने साउदीमा महिला कामदार पठाउने निर्णय

काठमाडौं, २४ वैशाख । खाडी मुलुकमा घरेलु काममा महिला पठाउन लगाइएको प्रतिबन्ध अढाइ वर्षपछि फुकुवा भएको छ । महिलालाई घरेलु काममा खाडी पठाउन हुन्छ र हुँदैन भन्ने विवादबीच बिहीवार श्रम तथा रोजगार मन्त्रालयले प्रतिबन्ध फुकुवा गरेको नागरिक दैनिकले समाचार छापेको छ । खाडी मुलुकमा घरेलु श्रमिक महिलामाथि चरम शारीरिक, आर्थिक शोषण भएको भन्दै २०७० असोजमा तत्कालीन सरकारले रोक लगाएको थियो । सरकारले बैध बाटो बन्द गरेपछि कतिपय महिला अबैध बाटो प्रयोग गरी जान थालेका थिए । यसरी जाँदा जोखिमका घटना झन् बढेको भन्दै श्रम अधिकारबादीले प्रतिबन्ध हटाउन माग गर्दै आएका थिए ।

0 comments

Write Down Your Responses