ओली सरकार टिकेपछि भारतले यसरी दियो कडा टिप्पणी ...
काठमाडौं, २४ वैशाख । छिमेकी भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफूले नजिकबाट नियालीरहेको बताएको छ ।
नेपालमा सरकार परिवर्तनबारे भइरहेको कसरतबारे सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बिहीबार पत्रकारसँग भने, ‘यो नेपालको आन्तरिक मामला हो । मैले टिप्पणी गर्नु उपयुक्त हुँदैन । तर नेपालको निकट मित्र भएकाले हामीले नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं ।’
एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनेबारे बुधबार कांग्रेस र एमाओवादीबीच नयाँ सत्ता गठबन्धनको समझदारी भए पनि नाटकीय रुपमा बिहीबार सरकार परिवर्तनको विषयबाट एमाओवादी पछि हटेको सन्दर्भमा भारतीय पत्रकारले राखेको प्रश्नमा प्रवक्ता स्वरुपले त्यस्तो बताएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छैन ।
उनले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने विषयमा कुनै तयारी नरहेको प्रतिक्रिया दिए ।


0 comments
Write Down Your Responses