युवतीहरु यस्ता युवकलाई जीवन साथी बनाउन चाहन्छन् .....
विवाहको निर्णय गर्नु युवक र युवती दुवैका लागि निकै महत्वपूर्ण हुने गर्दछ । जसरी युवक आफ्नो स्वप्न रानीका बारेमा सोच्ने गर्दछन् त्यसरी नै युवतीको मनमा पनि आफ्नो स्वप्न राजकुमारको विषयमा एउटा तस्वीर सजिएको हुने गर्दछ । यद्यपि सबै कुरा सोचेअनुसार नै प्राप्त हुनेछ भन्ने आवश्यक छैन । तर अधिकांश युवती भने यसप्रकारको युवकको आशा राख्दछन् ।
१. युवतीहरु चाहन्छन् कि आफू जुन व्यक्तिका साथ भविष्यको योजना बनाइरहेका छन् त्यो व्यक्ति आर्थिक रुपमा सम्पन्न होस् । उनीहरु आफ्नो जीवन साथी आर्थिक रुपमा आत्मनिर्भर भए त्यस विषयमा आफूले सोच्न नपर्ने ठान्दछन् ।
२. युवतीहरु चाहन्छन् कि आफ्नो सपनाको राजकुमार आकर्षक व्यक्तित्व भएको होस् । उनीहरु यो विषयमा पनि निकै संवेदनशील हुने गर्दछन् ।
३. युवतीहरु आफ्नो जीवन साथी उदार मन भएको र श्रीमानका सट्टा साथी बनेर बस्न सक्ने होस् भन्ने चाहन्छन् ।
४. युवतीहरु आफ्नो जीवन साथी रोमान्टिक होस् र केयरिङ पनि होस भन्ने ठान्दछन् । उनीहरु यस्तो युवक चाहन्छन् जसले आफ्नो हेरविचार गर्न सकोस् ।
५.युवतीहरु आफ्नो ड्रिम ब्वाय मेच्योर र विश्वासी भएको रुचाउँछन् । ६. युवतीहरु बराबरी अधिकार चाहन्छन् । उनीहरु चाहन्छन् कि बराबरी मात्र कुरामा होइन, त्यो व्यवहारमै होस भन्ने ठान्दछन् ।


0 comments
Write Down Your Responses