प्रचण्डले साथ नदिँदा काँग्रेसमा रडाको, देउवालाई यस्तो सकस ....
काठमाडौं । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्ने योजना असफल भएपछि नेपाली काँग्रेसभित्र आन्तरिक विवाद चर्किएको छ ।
सरकार परिवर्तनका खेलमा एकतर्फी ढंगले अघि बढ्दा असफल भएको निश्कर्षसहित कोषाध्यक्ष चित्रलेखा यादव र नेता प्रकाशमान सिंहले शुक्रबार सभापति शेरबहादुर देउवालाई भेटेर एकलौटी रुपमा अघि नबढ्न ध्यानाकर्षण गराएका छन् ।
सभापति देउवालाई भेट्न सिंह र यादवसहित मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्र बडु, दिलबहादुर घर्ती लगाउतका नेताहरु देउवा निवास पुगेका थिए ।
सभापति देउवा एकलौटी रुपमा अघि बढ्दा पार्टीको साख गिरेको भन्दै बिहीबार नै काँग्रेसका दुई दर्जन केन्द्रीय सदस्यहरुको छुट्टै भेला समेत भएको थियो ।
देउवाले सरकार परिवर्तनको कच्चा खेल खेलेको, पार्टीको संस्थागत निर्णयका आधारमा अघि नबढाएको, तयारी नगरेको तथा एमाओवादीलाई हात लिन नसक्दा ओली सरकारले निरन्तरता पाएको भन्दै उनीहरुले देउवासँग असन्तुष्टि पोखेका थिए ।
नेताहरुसँगको छलफलमा देउवाले अबदेखि पार्टीका सबै नेताहरुसँग छलफल गरि अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।


0 comments
Write Down Your Responses