सलमान खानको मायामा पागल छु, आइ वाना किस हिम’

बलिउडमा उमेरले जति लागेपनि सलमान खान भनेसी भुतुक्कै हुने नायिकाहरुको कमी छैन । कति अभिनेत्रीहरु खुलेर सलमानको बारेमा बोल्छन् भने कोही बोल्न चाहादैनन् । सलामान खान पनि आफुले मन पराएको मानिसलाई सोचेभन्दा बढी मदत गर्छन् ।
सलमान खानलाई पाउन केही युवतीहरुले त झन् तमाशा नै गर्ने गरेका छन् ।
यस्तै एक बलिउड अभिनेत्रीले सलमान खानलाई दिलको कुरा खोलेर भनेकी छिन् ।
फिल्म ‘जय हो’ मा सँगै काम गरेकी अभिनेत्री डेजी साहले सलमान खानलाई आफ्नो मनको कुरा सार्वजनिक रुपमै भनिदिएकी छिन् ।
उनले भनेकी छन्,‘सलमान म तिमीलाई मन पराउँछु, अंकमाल गर्न चाहान्छु र किस गर्न चाहान्छु । म तिम्रो मायामा पागल छु । सलमान खानको पर्सोनालिटीको म फ्यान नै हुँ । म धेरै भाग्यमानी छु कि उनी मेरो मेन्टोर पनि हुन् ।’
सलमान खानको पछिल्लो समय लुलिया वन्तरसँगको अफयेर चलेको बताइएको छ ।
0 comments
Write Down Your Responses