यी ३ फरक तस्बिर, जसले झल्काउँछ रेखा फेरि ‘हट’ बन्दैछिन्

Rekha Thapa (5)सारी, लामो पहिरन, कुर्ता सुरुवाल नायिका रेखा थापाका लागि प्रिय बनिसकेका थिए । स्कर्ट लगाएर चलचित्र क्षेत्रमा हंगामा मच्चाउँदै प्रवेश गरेकी रेखाले पहिरन परिवर्तन गरेकी थिइन् । आफूमा परिपक्कता आएको बताउँदै आएकी थिइन् । तर, समय बदलियो । रेखाको सोच फेरि फेरियो । हामीले यहाँ प्रस्तुत गरेका ३ तस्बिर हेर्ने हो भने रेखा फेरि छोटा पहिरनमा विश्वास गर्न थालेकी छिन् । यसको पनि आफ्नै कारण हुनसक्छ ।रेखाले बाहिरी ब्यानरको चलचित्र खेल्नु, पहिरनमा फेरि शैली परिवर्तन गर्नुलाई सामान्य रुपमा मात्र हेर्न नमिल्ला । किनकी, चलचित्र क्षेत्रमा नम्बर १ नायिकाको रुपमा रहेकी रेखालाई बेला-बेला अहिलेका चर्चित नायिकाहरुसँग तुलना पनि गरिन्छ । रेखाकै भाषामा अहिलेका नायिका -बहिनीहरु)सँग तुलना गर्दा उनी सन्तुष्ट छैनन् । रेखाले आफ्नो ब्यानरका मात्र चलचित्र खेल्दा, पहिरन र चर्चाको शैली परिवर्तन गर्दा अन्य नायिकाहरुको चर्चा धेरै भएको छ । सायद, रेखा आफूलाई नम्बर १ नायिकाको रुपमा नै राख्न चाहन्छिन् । यसैले पनि होला, उनले बाहिरी ब्यानरका चलचित्र खेलेकी छिन् र पहिरन पनि फेरेकी छिन् ।Rekha Thapa (10)

0 comments

Write Down Your Responses