भुवन यसपटक चर्चामा यसकारण ‘तरुनी’का कारण आएका होइनन् ...!!
काठमाडौं । एमालेका नेता समेत रहेका पुराना नायक भुवन केसी फेरि एक पटक चर्चाका शिखरमा पुगेका छन् ।
यसपटक भुवन ‘तरुनी’का कारण नभइ अरु नै कारण उनी चर्चामा आएका हुन् । आफ्नो होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘डिम्स’को पाइरेसी अर्थात कपी गरेर सीडी बनाइ बिक्री भएको भन्दै भुवनले एक करोड रुपियाँको मागदाबीसहित प्रहरी समक्ष पुगेका हुन् ।
भुवनको उजुरीपछि प्रहरीले पनि आफ्नो कारबाही अगाडि बढाएको छ । प्रहरीले छिट्टै भुवनलाई न्याय दिने आश्वासन दिएको छ ।
फिल्म बनाउने क्रममा भुवनले धेरैको रकम नतिरेको भन्दै गुनासा आएका थिए । भुवनविरुद्ध ४० लाखको उजुरी समेत परिसकेको समाचार आइसकेका छन् ।
तर, फिल्म बनाउँदा लागेको ऋण नतिरेर भुवन भने कपिराइटसको कुरा बोकेर प्रहरी कार्यालय धाउँदैछन् । भुवन आफूलाई परेको पीडाबाट भने जानकार छन् । आफूले दिएको पीडाबाट अरु कत्तिको पीडित छन् भन्ने बुझ्न सक्दैनन् ।
भुवनको फिल्म पाइरेसी हुनु गलत हो । तर, भुवनले तिर्नुपर्ने सर्वसाधारणको पैसा समयमा तिर्नुपर्छ भनेर पीडितहरूले गुनासो गर्न थालेका छन् ।
भुनवले आफ्नो फिल्म पाइरेसी भएको भन्दै प्रहरीका साथै विकास वोर्ड र चलचित्र कलाकार संघमा बोधार्थ दिएका छन् ।


0 comments
Write Down Your Responses