प्रचण्डकी बुहारीसँग एमाओवादीकै नेताले यस्तो प्रस्ताव राखेपछि…

काठमाडौं । ‘उसले अर्कै श्रीमती ल्याएर बच्चा पनि पाइसक्यो, अब तपाईलाई फर्काएर लादैन, उमेर छ । आफ्नो व्यवस्था मिलाउनुहोस् । छोरालाई बढाउने र अरु कुरा के के चाहिने हो भन्नुस्, कानुनी रुपमा नै अलग हुँदा बेस ।’ प्रचण्ड परिवारको तर्फबाट दूतको रुपमा प्रस्तुत भएजस्तो नलाग्ने गरी पोखरेली पूर्वसभासद राजकाजी गुरुङ ‘करण’ ले सिर्जना त्रिपाठीसँग यस्तो प्रस्ताव राखेका छन् । तर, प्रकाश दाहालसँग अलग्गिएर कास्कीको हेम्जास्थित माइतीमा बस्दै आएकी सिर्जनाले चाँहि प्रचण्डकी बुहारी भएरै मर्ने, एमाओवादी पार्टीमै क्रियाशील रहने तर डिभोर्स नदिने जवाफ फर्काएकी छन् । पार्टी स्रोतका अनुसार उनी भन्छिन्, ‘धेरैले मलाई बहुविवाहमा मुद्दा हाल्न सल्लाह दिएका छन् तर मैले बा (प्रचण्ड) को मुख हेरेर उजुरी हाल्नेबारे सोचेकीसम्म छैन । उहाँले मलाई छोरीजस्तो व्यवहार गर्नुहुन्थ्यो, मेरा पीडा सुन्नुहुन्थ्यो । सीताले हो मेरो घर भाँडिदिएको । जति गल्ती गरेपनि छोरालाई कहिल्यै नहप्काउने, एकोहोरो उसको कुरा सुन्ने ।’ आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

0 comments

Write Down Your Responses