मेसीका फ्यान पाँच वर्षे अफगान बालक देश छाड्न बाध्य ....
इस्लामवाद । फुटबल खेलाडी लियोनेल मेसीको नाम अंकित सर्ट लगाएका फोटोका कारण विश्वभर भएका एक पाँच वर्षे अफगान बालक सपरिवार भागेर पाकिस्तान छिरेका छन् ।
मूर्ताजा अहमदीका पिताले लगातार अपहरणको धम्कीसहित एक समूहले पैसाले मागेपछि आफूहरु भागेको बताए ।
निलो धर्के पलाष्टिक ब्यागबाट बनाइएको सर्ट पहिरेको फोटोका कारण मुर्ताजा निकै चर्चित भए । त्यो थाहा पाएर अर्जेन्टिनी फुटबलर सुपरस्टार मेसीले उनलाई आफ्नो हस्ताक्षरयुक्त दुई थान जर्सी र एक फुटबल उपहार पठाए ।
‘मलाई मेसी मनपर्छ । उनी राजा हुन,’ मेसीलाई कुनै दिन भेट्ने आश राखेका मुर्ताजाले भने ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।


0 comments
Write Down Your Responses