पुर्व राजा ज्ञानेन्द्र भारत गईरहुनको भित्री रहस्य पर्दाफास, यसरी हुँदैछ राजा ल्याउने गोप्य खेल ....

काठमाडौं, ३० वैशाख । पूर्व राजा ज्ञानेन्द्र शाहका विषयमा अहिले नेपाली राजनीति तातिएको छ । सरकार ढाल्ने र जोगाउने खेलभन्दा अलि परै रहेका पूर्व राजालाई धेरैले आशंका गरिरहेका छन् । तर, पूर्व राजाले नेपाली राजनीतिलाई खासै चुनौति दिएका छैनन् । बरु भारतीयहरूसँग भेट गरेर नेपालमा राजसंस्था जसरी पनि पुनःस्थापना गर्ने पक्षमा उनी छन् । कहिले काहिँ नयाँदिल्ली गएर गोप्य भेटवार्ता गरेर आउने ज्ञानेन्द्रले के बुझेका छन् भने नेपाली राजनीतिक दलका नेताहरूलाई भन्दा भारतीय पक्षलाई भेटेर कन्भिन्स गर्ने हो भने आफ्नो पक्षमा निर्णय हुन सक्छ । भारतीय जनता पार्टी र विशेष गरेर प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा राजसंस्था स्थापना होस् भन्ने चाहन्छन् । स्रोतका अनुसार नेपालमा छिट्टै हिन्दू राष्ट्र स्थापना गरेर राजसंस्थालाई ब्यूँताउन सकिने तयारीमा भारतीय पक्ष पनि सक्रिय भएको छ । हालैमात्र नयाँदिल्ली बसेर रातारात फिर्ता भएका ज्ञानेन्द्रले प्रधानमन्त्री मोदीलाई भेटेको उच्च स्रोतको दाबी छ । त्यसबेला मोदीले हतार नगर्न सुझाव दिएको ज्ञानेन्द्र शाहका निकटका नेताहरूले बताउने गरेका छन् । अबको राजा ज्ञानेन्द्रभन्दा पनि उनका नाति हृदयन्द्रलाई बनाउने तयारी भएको छ । स्रोतले भन्यो–‘ज्ञानेन्द्र शाहलाई राजा बनाउने सम्भावना छैन । बरु हृदयन्द्रलाई राजा बनाउन सकिन्छ ।’ भारतीय पक्ष र नेपाली नेताहरू पनि हृदयन्द्रका पक्षमा सकारात्मक रहेको बताइन्छ । पछिल्लो समय राजनीतिक दलका केही सीमित नेताहरूको गतिविधि पनि राजसंस्थाकै पक्षमा देखिन थालेको आरोप छ । स्वयं प्रचण्ड पनि कुनै प्रकारको राजसंस्था होस् भन्ने पक्षमा रहेको आरोप छ । हुन त कांग्रेस र एमालेका केही नेताहरूले पनि हिन्दू राष्ट्र स्थापना गरेर राजसंस्थालाई ल्याउन सकिन्छ कि भनेर सोँच बनाउने गरेको यूनाईटेड पोष्ट साप्ताहिकमा समाचार छ ।

0 comments

Write Down Your Responses