Entertainment
»
अनमोललाई गीत मार्फत आफ्नो माया जालमा फसाउँदै पुर्व मिस नेपाल सृष्टि (भिडियो)
अनमोललाई गीत मार्फत आफ्नो माया जालमा फसाउँदै पुर्व मिस नेपाल सृष्टि (भिडियो)
काठमाडौँ । पछिल्लो समयका चर्चित नायक हुन् अनमोल केसी । उनै केसीलाई गीत मार्फत तुनामुना बुनेर आफ्नो माया जालमा पार्दैछिन् पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ । श्रेष्ठ र अनमोलको यो प्रेम कहानी समेटीएको चलचित्र गाजलुको दोस्रो गीत बिहिबार सार्वजनिक गरिएको छ ।
मुस्कुराउनुको कथा’को बोलको गीतमा नायिका श्रृष्टी श्रेष्ठ गीत गाउँदै गरेको अवस्थामा देखिएकी छिन् । काली प्रसाद बास्कोटाको शब्द तथा संगीतमा रहेको यस गीतमा सुमन गुरुङ्को स्वर रहेको छ । चलचित्रमा अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको मूख्य अभिनय रहेको छ ।
जेठ २८ गतेबाट रिलिज हुने यो चलचित्रलाई हेमराज बिसिले निर्देशन गरेका हुन् भने रोहित अधिकारी निर्माता हुन् । चलचित्रमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान लगायतको पनि अभिनय रहेको छ । नेवारी समुदायमा भित्रको कुमारी प्रथाको कथालाई पर्दामा उतारिएको फिल्मलाई लिएर दर्शक तथा फिल्म शुभचिन्तकहरु उत्साहित छन् ।
0 comments
Write Down Your Responses