शरीरमा मुसा अाएको छ? यसरी गर्न सकिन्छ उपचार ...जन्नुहोस ..!!
यो केही हदसम्म सही पनि हो । कुनै कुनै मुसा आफै ठीक भएर जान्छन्, तर मुसा देखिनासाथ उपचार गर्नु उपयुक्त मानिन्छ ।
मुसा ३५ देखि ४० प्रकारका हुन्छन् । फुस्रो, खैरो, कालो, छाला रंगको, गिलो, कडा, रगत आउने, गन्हाउने लगायतका हुन्छन् । मुसा छालाको बाहिरी भागमा भाइरसका कारण हुने हुँदा यसले शरीरभित्र कुनै हानी गर्दैन । हेर्दा नराम्रो देखिनुका साथै यो विस्तारै अन्य भागमा पनि फैलिँदै जान्छ ।
मुसा अर्को व्यक्तिमा पनि सर्ने हुदा विशेष ध्यान पु¥याउनुपर्छ । मुसा ठिक नभएसम्म उक्त व्यक्तिले प्रयोग गर्ने टाबेल, रुमाल, साबुन, कपडा, जुत्ता, चप्पल अन्य व्यक्तिले प्रयोग गर्नु हुँदैन । यी वस्तुबाट मुसा सर्ने संभावना बढी हुन्छ । तर सर्ने र नसर्ने भन्ने कुरा शरीरको रोग प्रतिरोधात्मक क्षमतामा भर पर्नसक्छ ।
मुसालाई काटेर ठिक हुन्छ भन्दै धारिलो वस्तुले काट्ने गरेको पनि पाइन्छ । तर यसो गर्नु हुँदैन । यसो गर्दा मुसाको भाग गएपनि भाइरसका कारण पुनः आउनुका साथै त्यसबाट निस्कने पानी अन्य भागमा पनि फैलिँदै जान्छ । मुसा निको पार्न पोल्ने, मन्दिर गएर पूजा गर्नेजस्ता अन्धविश्वास अहिले पनि पाइन्छ । तर, यसका लागि एकमात्र भरपर्दो उपचार होमीयोप्याथी चिकित्सा नै मानिन्छ ।
चिकित्सा क्षेत्रमा उपचारको एक वैकल्पिक तथा वैज्ञानिक पद्दति होमियोप्याथी हो ।
हाम्रो शरीरले पनि प्रकृतिको सामिप्यमा रहेर प्रकतिकै अनुसार काम गरिरहेको हुन्छ । लक्षणका आधारमा गरिने होमियोप्याथी निकै सरल र सस्तो हुनुका साथै शरीरमा यसले कुनै पनि हानी गर्दैन । यसको औषधि तयार पार्दा विशुद्ध प्राकृतिक वस्तु प्रयोग गरिन्छ । यसमा कुनै पनि रासायनिक पदार्थको प्रयोग नहुने हुँदा नकारात्मक प्रभाव पार्दैन । यो लामो समयको लागि रोग निको पार्ने उपचार विधि हो । बिरामीको भित्री जडसम्म पत्ता लगाएर पूर्णरुपमा समाधान गरिन्छ ।
होमीयोप्याथीमा बिरामीको लक्षण अनुसारको उपचार गर्नुपर्ने भएकाले मुसा भएको व्यक्तिको लक्षण र कुन स्थानमा रहेको छ हेरेर उपचार गरिन्छ । मुसा भाइरसका कारण हुने हुँदा काटेर निको हुदैन । त्यसैले यसका लागि औषधि सेवन गर्नुपर्छ ।
होमियोप्याथी उपचारबाट मुसा सतप्रतिशत निको भएर जान्छ । सुरुकै अवस्थामा छ भने २ महिना र धेरै पूरानो छ भने करिब ५ महिनासम्म निरन्तर औषधि सेवन गरेमा मुसा निको हुने मात्र होइन पछि पनि आउँदैन र यसको दागसमेत बस्दैन । त्यसैले मुसा भयो भन्दैमा नआत्तिनुहोस् पशुपति होमियोप्याथी अस्पताल पुल्चेकमा आउनुहोस् । पशुपति होमियोप्याथी अस्पतालमा मुसाको मात्र होइन अन्य समस्याको पनि निःशुल्क उपचार गरिन्छ ।
डा मोहम्मद शव्बीर खाँ, वरिष्ठ होमियो चिकित्सक, पशुपति होमियोप्याथी अस्पताल

0 comments
Write Down Your Responses