ऋतिकले डिभोर्स गरेपनि उनकै पक्षमा उभिइन पत्नी सुजैन
एजेन्सी । कंगना रनौतसँग चलिरहेको विवादका बीच ऋतिकलाई उनकी पूर्व पत्नी सुजैन खान साथ मिलेको छ ।
सुजैनले ऋतिको पक्षमा एक ट्वीट गरेकी छिन् । भर्खरै लिक भएको भनिएको ऋतिकले कंगनालाई अंगालो हालेर च्यापेको फोटोलाई सुजैले फोटो शप्ड भनेकी हुन् । अर्थात उक्त फोटो फोटो सप प्रयोग गरिएर बनाएको नक्कली थियो ।
ट्वीट गर्दै सुजैनले लेखेकी छिन- ‘रेकर्डका लागि यो एउटा फोटो मात्रै हो । म यो मुद्दामा ऋतिकको सपोर्टमा गर्छु ।’ ऋतिकले पत्नी सुजैनसँग गत वर्ष डिभोर्स गरेका थिए ।
कंगनाको अंगालोमा ऋतिक
उनको डिभोर्सको कारण कंगनाबीचको सम्बन्धलाई मानिदै आएको थियो । केही समयअघि कंगनाले सार्वजनिक वयानमै ऋतिकलाई पूर्व प्रेमी भनेपछि दुबैबीच विवाद चर्किएको छ र अहिले पनि जारी छ ।
यो विवादले बलिउड बजार पुरै गर्माएको छ ।


0 comments
Write Down Your Responses