सडकमा भीख माग्न बाध्य भइन यी हिरोइन ...

मुम्बई । टाढाबाट रंगीन देखिने बलिउडमा फेरि एउटा यस्तो खबर आएको छ जसले सबैलाई निराश पार्छ । लाखंडवालाको सडकमा २५ वषर्की एक अभिनेत्री भीग माग्दै गरेको अवस्थामा फेला परेकी छिन् । यति मात्रै होइन उनलाई चोरी गर्दागर्दै पक्राउ समातिएको छ । चोरी गर्दागर्दै समातिएपछि उनलाई चिन्न त्यहाँ जम्मा भएको भीडले समय लगाएन । उनी थिइन उदाउदी कलाकार मिताली शर्मा । दिल्लीमा बस्दै आएकी उनले भोजपुरी फिल्मका कैयौ नामी मोडलिङका लागि असाइन्मेन्ट पनि गरिसकेकी छिन् । तर, केही महिनादेखि उनलाई असाइन्मेन्ट पाइनै छाड्यो जसबाट उनको आर्थिक अवस्था कमजोर बन्यो । समाचार अनुसार मितालीको मानसिक अवस्था पनि ठिक छैन् । उनको अवस्था हेर्दा लाग्छ कि पछिल्लो एक दिनदेखि उनले केही खाएकी छैनन् । यसका अलावा पुलिस भन्छ उनी २–३ दिनदेखि घरबाहिर थिइन् । मितालीको विग्रिँदै गएको मानसिक अवस्थालाई हेरेर उनलाई अस्पताल भर्ना गरिएको छ ।

0 comments

Write Down Your Responses