काठमाण्डूमा कुन क्षेत्रमा भूकम्पीय जोखिम छ ? जानकारी लिनुहोस् ...
सरकारले राजधानी उपत्यकामा भूकम्पकीय दृष्टिले जोखिमपूर्ण रहेका क्षेत्रहरुको प्रारम्भिक पहिचान गरेको छ।
सहरी विकास मन्त्रालयको नेतृत्वमा गत वर्षको भूकम्पयता जारी अध्ययनको हालसालै सकिएको पहिलो चरणबाट प्राप्त प्रारम्भिक नतिजाले भविष्यमा भूकम्प आउंदा कुन भागमा जमीन बढी थर्कन्छ वा जमीनले तरल पदार्थको जस्तो विशेषता देखाउंछ भन्ने अनुमान समेटेको छ। बीबीसीले उक्त नतिजाको केही अंशमा पहुंच पाएको छ र उक्त अंश हेरेका भूकम्पविज्ञहरुले खोला किनारमा मसिनो बालुवा भएका र जमीनमुनि पानीको सतह माथिसम्म भएका क्षेत्र बढी भूकम्पीय जोखिममा रहेको निचोड निकालेका छन्।
निष्कर्ष
जापानी सहायता निकाय जाइकाको सहयोगमा थालिएको अध्ययनबाट विक्रम सम्वत १९९०को महाभूकम्पदेखि लिएर गत वर्षको विनाशकारी भूकम्पजस्तै अवस्था आए काठमाण्डू उपत्यकामा कुन भाग बढी जोखिममा पर्नेछ भन्ने निष्कर्ष निकालिएको छ।
कुन घर, वडा वा स्थान बढी जोखिममा छन् भन्ने जस्ता मसिनो विवरण त खुलाइएको छैन तर बीबीसीले प्राप्त गरेको अध्ययनको हिस्सामा रहेका नक्साबाट कुन भागमा जमीन बढी थर्कन्छ वा जमीन तरलीकृत हुन्छ भन्ने निचोडमा पुग्न सकिन्छ।


0 comments
Write Down Your Responses