वीर्य बैंक, जहाँ बिभिन्न देशका पुरुषहरुको बीर्य येसरी जम्मा हुन्छ .....

एजेन्सी । ओले शोँ २७ वर्षका थिए, जब उनले सपना देखे । सन् १९८१ मा उनी डेनमार्कको आरुहुस्स्थित बिजनेस स्कुलका ग्राजुएट विद्यार्थी थिए । सपनामा उनले बर्फिलो निलो समुद्र देखें, त्यसमा छाल आयो र सयौैं सुकेका वीर्य छताछुल्ल भए । यो सपनालाई उनले लामो समयसम्म बिर्सन सकेनन् । उनी सम्झन्छन्, ‘केही समयपछि म विश्वविद्यालयको लाइब्रेरीमा गएँ र वीर्य र प्रजननबारेका साहित्य मागें र वीर्यको संकलन हुन सक्छ भन्ने अवधारणा जन्मियो ।’
 त्यसपछि उनले आफ्नै वीर्य संकलनको प्रयोग गरे । राती हस्तमैथुन गर्थे र शिशीमा जम्मा गरेर फ्रिजमा राख्थे, जसले उनको कोठामा आउने मानिसलाई आश्चर्यचकित तुल्याउथ्यो । शोँ भन्छन्, ‘मेरो सपनाले अर्को सपना जन्मायो, वीर्य बैंक स्थापना गर्नतिर लागें ।’ एकदिन त्यो सपना पनि पूरा भयो । २५ वर्षअघि उनले क्रियोस नामक कम्पनी स्थापना गरे जुन अहिले विश्वमै सबैभन्दा ठुलो वीर्य बैंक बनेको छ । ओलेका अनुसार यो बैंकमार्फत् अहिलेसम्म ३० हजार बच्च जन्मिइसकेका छन् भने भने बर्सेनि २ हजार बच्चा यसका वीर्यमार्फत् जन्मन्छन् । यो कम्पनीलेअहिले विश्वका ७० भन्दा बढी देशमा वीर्य निर्यात् गर्छ । क्रियोससहित अर्को युरोपियन स्पर्म बैंकले डेनमार्कलाई विश्वकै वीर्य बैंकको रुपमा परिचय दिइरहेका छन् । क्रियोस डेनमार्कको दोस्रो ठुलो शहर आरहुसस्थित रेडब्रिक भवनबाट सन्चालित छ ।
 यहाँ दाताले वीर्यदान गर्छन्, त्यसलाई विश्लेषण गरिन्छ र अन्त्यमा विश्वका प्रजनन क्लिनिकमा निर्यात गरिन्छ । सो कार्यालयको रिसेप्सननजिकै उच्च चमकयुक्त तीनवटा कोठा छन्, हरेक कोठामा अश्लिल पत्रिका, ब्लु फिल्म आइरहेको टीभी, टिस्यु पेपर र ट्वाइलेट छन्, यही आएर वीर्यदाताले वीर्य निकाल्छन् । ‘यहाँ दाता हप्तामा एक वा दुईपटक आउँछन्, केही त गर्लफ्रेण्डले पठाएर पनि आउँछन् ।’ ओलेले भने । नयाँ दातालाई शुरुमा उसको स्वास्थ्य जाँच गरिन्छ, परिवारको केस हिस्ट्रीबारे सोधपुछ गरिन्छ । वीर्य निकालिसकेपछि ल्याब टेक्निसियनले नमुना लिनुभन्दा अघि ३० मिनेट त्यत्तिकै राखिन्छ र त्यसपछि नमुनालाई माइक्रोस्कोपमा राखेर वीर्यको स्वस्थता र गति मापन गरिन्छ । त्यसपछि यसलाई सुकाउन ‘फ्रिजिङ एजेन्ट’ राखिन्छ ।
 दाताले वीर्य दान गर्न आफ्नो उचाई, तौल, बच्चा बेलाको फोटो तथा आप्mनो प्रोपाइल भर्नुपर्छ । यहाँका हरेक दाता कम्तीमा २५ बालबालिकाका बाबु बनेको कम्पनीको दाबी छ । वीर्य लिनेमा भने शुरुमा पतिको वीर्यमा खराबी भएको समस्या लिएर आउने महिला हुन्थे भने अहिले अधिकांश समलिंगी जोडी र एकल महिला हुने गरेका छन् ।
 ‘जब मैले असीको दशमा बैंक शुरु गरें, त्यतिखेर काम त्यति सजिलो थिएन,’ कम्पनीका संस्थापक ओले सम्झन्छन्, ‘म साइकलमा कागजमा लेखिएका सन्देश देखाउदैं थिए, ए फोर साइजको कागजमा लेखिएको हुन्थ्यो–दाता बन्नुहोस्, सन्तानरहित महिलालाई सहयोग गर्नुहोस् । मलाई मान्छेले अचम्म मानेर हेर्थे । एकदिन मैले एउटा रेष्टुरेन्टको ट्वाइलेटमा कालो जातिको मानिस देखें । त्यतिखेर गोराबाहेका मानिसको वीर्य पाउन मुस्किल हुन्थ्यो । मैले बैंकलाई वीर्य चाहिएको छ भनेर उसलाई भनें, तर, उसले रिसाउदैं मलाई मुक्का हान्यो ।’ तर, विस्तारै वीर्य संकलन हुँदैं गयो ।
 अहिले उनको बैंकमा १७० लिटर वीर्य छ भने ६०० मानिस दाताका रुपमा प्रतिक्षा सूचीमा छन् । दातालाई वीर्यदान गरेवापत ५०० क्रोनर (५४ ब्रिटिश पाउण्ड) दिइन्छ । मानिसहरु पकेट खर्च जुटाउनका लागि पनि वीर्य दान गर्न इच्छुक रहेका ओले बताउछन् । वीर्य दाताका रुपमा अधिकांश विश्वविद्यालयका विद्यार्थी हुन्छन् । कस्तो वीर्य स्वस्थकर मानिन्छ त ? उनी भन्छन्, जेनेटिक्स नै स्वस्थ वीर्यको संकेत हो, ‘ इफ यु हायभ विग बल्स, यु हायभ गुड स्पर्म’ । संस्थापक ओलेको अर्को सपना छ– अब बैंकलाई स्पेन, दक्षिण अफ्रिका र भारतमा विस्तार गर्ने । जसले दातामा पनि विविधता आओस् भन्ने उनी चाहन्छन् । swasthyakhabar.com बाट

0 comments

Write Down Your Responses