घट्टेकुलोस्थित खाली जग्गामा रहेको शौचालयभित्र शव भेटियाे
काठमाडौं— काठमाडौं महानगरपालिका–३२ घट्टेकुलोस्थित खाली जग्गामा रहेको शौचालयभित्र शव भेटिएको छ।
शौचालयभित्र भेटिएको शव दोलखा भरिपुर–९ घर भई हाल घट्टेकुलो बस्ने ६० वर्षीय टेकबहादुर खड्काको भएको प्रहरीले जनाएको छ। कसरी उनकाे मृत्यु भयाे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ।


0 comments
Write Down Your Responses