अब मोबाईलमा पोर्न हेर्नु निकै खतरनाक ....

स्मार्टफोनमा पोर्न फिल्म या अश्लिल सामग्री हेर्नु निकै खतरनाक साबित हुनसक्छ । जसको लागि तपाईँले सावधानी अपनाउनुपर्ने हुन्छ । यस्ता एप्स डाउनलोड गर्नु खतरनाक स्मार्टफोन मा यस्ता प्रकारका एप्स डाउनलोड गर्दा फोनमा भाइरस पस्न सक्छ । पोर्न साइट खोल्दा आँफै विभिन्न प्रकारका एप्स डाउनलोड हुनसक्छन् । यसलाई रोक्न फोनमा अटोमेटिक डाउनलोड मोड बन्द गर्नुपर्छ । नभए भाईरसको शिकार हुन सकिनेछ । भ्यालु ऐडेड सर्भिसेज मोबाइलमा पोर्न हेर्नु निकै महंगो पर्नसक्छ । केहि चर्चित वेबसाइट्स गैर-कानूनी तरिकाबाट भ्यालु ऐडेड सर्भिस जोडेर पैसा कमाउन लागिपरेका हुन्छन् । जसले गर्दा मोबाइलमा पोर्न खोल्दा आँफै यो VAS सर्भिस एक्टिभेट हुन्छ । तपाईँलाई थाहै हूँदैन कि यसले तपाईँको पैसा खाईरहेको हुन्छ । भिएएस सब्सक्रिप्शन्स अन हुँदा तपाईँको सबै पैसा सकिन सक्छ । पोर्न टिकर एंड्रोइड स्‍मार्टफोनमा पोर्न टिकर एक पुरानी समस्‍या रहेको छ । हेर्दा यो सक्कली जस्तो हुन्छ जसबाट तपाईँले धोका पाउनुहुनेछ । पोर्न टिकर मोबाइलमा भाईरस पठाउन तयार पारिएको हुन्छ । सुरक्षामा खतरा सबै एंड्रोइड फोन कुनै न कुनै जिमेल आईडीबाट लगइन भईरहेका हुन्छन् । यसमा जब तपाईँले पोर्न हेर्नुहुन्छ त्यसमा थाहा हुन्छ कि तपाईँले पोर्न हेरिरहनु भएको छ । यसले तपाईँको फोनको सेक्यूरिटी वा गोपनियता भंग हुनसक्छ । यसकै कारण तपाईँ साइबर अपराधिको चंगुलमा समेत फस्न सक्नुहुन्छ । ब्ल्याकमेलिङ्को खतरा पोर्न साइट्समा केहि यस्ता भाईरस् हुन्छन् जुनले तपाईँको डिभाईस लक गरिदिन्छन् । ति साइटले अन गर्नुको बदलामा तपाईँसँग पैसा माग्न सक्छन् । यिनले तपाइँको फोनको व्यक्तिगत डाटासमेत चोरेर लैजान्छन् ।

0 comments

Write Down Your Responses