आफ्नो पक्षमा फैसला नआएपछि एमाले सांसदले देखाए दादागिरी : अदालतभित्रै कुटिए न्यायधीश
वीरगन्ज । आफूले चाहेको जस्तो फैसला नआएपछि एमालेकी सासंद नेजमा खातुनले जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाइ गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी छन् ।सांसद खातुनका पति एवम् एमाले नेता स्वर्गीय महमुद आलमको हत्याको मुद्दामा बुधबार न्यायाधीश शर्माले रामचन्द्र प्याशी कुशवाहालाई १० वर्ष मात्र सजायको फैसला गरेपछि गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी हुन् ।
जिल्ला अदालत बाराको इजलाश नम्बर १ मा बुधबार न्यायाधीश शर्माले आलमको हत्यामा संलग्न प्याशीलाई १० वर्ष कैदको सजाय सुनाएका थिए । न्यायाधीश शर्माले मुद्दाको फैसला गरेलगत्तै सांसद खातुन र उनका समर्थकल न्यायधीश शर्मालाई गालीगलौज गर्दै होहल्ला गरेका थिए ।
अभद्र व्यवहार भएपछि न्यायाधीश शर्मा कार्यकक्ष छोडेर चेम्बर भित्र पसेका थिए । घटना लगत्तै अदालत परिसरमा जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी नायव उपरिक्षक विनोद शर्माको नेतृत्वमा प्रहरी टोली परिचालन गरेको थियो । खातुनका समर्थक र आफन्तले न्यायधीश शर्माको चेम्बरको झ्यालमा तोडफोड पनि गरेका थिए ।
हत्याका मुख्य योजनाकार रामचन्द्र प्याशी भएकाले उनलाइै सर्वश्वसहित जन्मकैदको फैसला हुनुपर्नेमा न्यायाधीश शर्माले १० वर्षको मात्रै सजायको फैसला गरेर अन्याय गरेको आरोप सांसद खातुनको छ । उनले न्यायाधीश शर्मा विरुद्ध न्यायलयको माथिल्लो निकायमा उजुरी गर्ने प्रतिक्रिया दिएकी छन् ।
आलमको हत्यामा संलग्न भारतीय नागरिकहरु विपिन यादव भन्ने महम्मद फहीद, अतिक खान र राजु श्रीवास्तवलाई पनि जिल्ला अदालत बाराले १० वर्ष कैदको सजाय गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।


0 comments
Write Down Your Responses