यी दुई जोडीले सम्साँझै नाङ्गै यो के गरे ?

चितवन, १६ वैशाख । पूर्वी चितवनको पर्सा बजारको साझा होटल एण्ड गेष्ट हाउसमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय खैरहनीले २ जोडीलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक घजिन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले दुई जोडी युवा युवतीहरूलाई बुधबार बेलुका पक्राउ गरेको हो । होटलमा अनैतिक क्रियाकलाप भइरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले होटेललाई घेरा हालेर दुई जोडीलाई होटेलको कोठाबाट नाङ्गै पक्राउ गरेको थियो । प्रहरी निरीक्षक कार्कीले पक्राउ परेका जोडीलाई कानुन बमोजम कारबाही गरेर छाड्ने बताउनुभएको छ ।

0 comments

Write Down Your Responses