भारतले प्रशस्त तेल दिँदा पनि अभाव उस्तै, किन हटेन अभाव ?

काठमाडौं । भारतले नेपाललाई प्रशस्त पेट्रोलियम पदार्थ दिइरहेको छ । भारतले सोमबारको पेट्रोलियम पदार्थको लोडिङ उत्साहजनक छ । सोमबार इन्डियन आयल कर्पोरेशन(आइओसी)ले ४५ लाख लिटर डिजेल, १६ लाख ७६ हजार पेट्रोल र ३८ बुलेट ग्यास दिएको छ । भारत पेट्रोलियम पदार्थ लिन पुगेका ४ सय २ ट्यांकरमध्ये ३ सय ५७लाई लोडिङ दिएको छ । तर बजारमा भने अभाव घटेको छैन । अहिलेपनि काठमाडौं उपत्यकामा पेट्रोलका लागि उपभोक्ताको लाइन छ ।

 चितवन, मकवानपुर लगायतका क्षेत्रमा नाकाबन्दीको जस्तै चर्को लाइन छ । आयल निगमको समन्वयको अभावले कतै पेट्रोल अभाव छ भने कतै डिजेल अभाव छ । चितवनमा डिजेल फालाफाल छ भने काठमाडौंमा डिजेल अभाव छ । भारतबाट सहज रुपमा माग अनुसार ग्यास आएपनि उपभोक्ताले अभावको सास्ती भोगिरहेका छन् । निगमका अधिकारीहरु अभाव हुने डरले उपभोक्ताले बढी स्टक गरेकोले समस्या भइरहेको बताउँछन् । तर नाकाबन्दी खुलेको दुई महिना भन्दा बढी भएपनि अभाव कम नहुनु सरकारी निकायको गैरजिम्मेवारीपन भएको उपभोक्ता बताउँछन् ।

0 comments

Write Down Your Responses