के तपाईलाई थाहा छ? ल्यापटप चार्जरको टुप्पोमा हुने त्यो कालो डल्लो नहुने हो भने तपाइको ल्यापटप के भैसक्थ्यो?
सबै ल्यापटप अनि कुनै-कुनै मोबाइलको चार्जरको टुप्पातर्फ एउटा सानो गोलो र लाम्चो, सिलिण्डर आकारको डल्लो परेको डिभाइस हुन्छ। के तपाईँलाई थाहा छ, त्यो के-को लागि हो?
अधिकांशले त्यसलाई काम नलाग्ने भन्छन्, तर कम्प्यूटर प्रेमी र प्रविधीका पारखीहरू भन्छन् कि ‘होइन, त्यो एकदमै महत्वपूर्ण अङ्ग हो!’
चार्जरको टुप्पामा हुने त्यो सिलिण्डर आकारको डिभाइसलाई ‘फेराइट बीड’ भनिन्छ, जुन एक किसिमको ‘इण्डक्टर’ (Inductor) हो, जसले विद्युतीय तारहरूमा आएका उच्च आवृत्तीका विकारहरूलाई दबाउने काम गर्दछ।मतलब, यसले AC पावर लाइनबाट आएको अनि तार आफैले टिपेको विकारलाई ल्यापटपको संवेदनशील अङ्गहरूबाट छुट्याउँदछ र ल्यापटपलाई सुरक्षित राख्दछ।
उक्त डिभाइसमा फेराइट सेरामिक्स (ferrite ceramics) राखिएको हुन्छ। यो त्यहि रसायनिक पदार्थ हो, जुन कफी कप बनाउन प्रयोग गरिन्छ। यसले विद्युतीय तरङ्गमा उत्पन्न भएका विकारहरूलाई कब्जा गरेर राख्दछ र केवल ल्यापटपलाई चाहिने तरङ्गलाई मात्र वारपार गराउँदछ। यसलाई विद्युतीय भाषामा ‘EMI filters‘ पनि भनिन्छ।
अब कसैले तपाईँलाई त्यो सानो डल्लाको काम के हो भनेर सोध्यो भने मज्जाले भनिदिनुहोस् कि त्यो नभैदिएको भए तपाईँको ल्यापटप पड्केर जलेर खरानी भैसक्थ्यो।


0 comments
Write Down Your Responses