अभिभावकलाई यसरी भयो थोरै भएपनि राहत ...

काठमाडौं, १५ वैशाख । निजी विद्यालयका अभिभावकले पुस्तक किन्दा बढी तिरेको रकम फिर्ता पाउने भ एका छन् । यसका लागि उनीहरुले बिल बुझाउनु पर्नेछ । शिक्षा मन्त्रालयले निर्धारण गरेको मूल्यभन्दा बढी राखेर प्रकाशले पुस्तक विक्री गरेपछि फिर्ता गर्नुपर्ने भएको कान्तिपुर दैनिकले समाचार छापेको छ । पुस्तक किन्न बाँकी रहेका अभिभावकले पुस्नकमा उल्लेखित मूल्यभन्दा कम मूल्यमा पाउने छन् । पुस्तक प्रकाशकले २०६९ मा निर्धारित मूल्यमा विक्री गर्न नसक्ने अडान लिएपछि शिक्षा मन्त्रालयले सोमबार २०७० मा सिफारिस गरेको मूल्य कायम गरेको हो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक वावुराम पौडेलका अनुसार प्रतिपेज एक रंगको एक रुपैयाँ १० पैसा, दुई रंगको एक रुपैयाँ ४५ पैसा र बहुरंगको एक रुपैयाँ ४५ पैसा कामय गरिएको छ । यो निर्णयसँगै अभिभावकले आफ्ना छोराछोरीका लागि किनेको पुस्तकको बिल पसलमा बुझाएपछि बढी तिरेको पैसा फिर्ता गर्नु पर्ने हुन्छ।

0 comments

Write Down Your Responses