वीर अस्पतालमा गम्भीर गतिविधि, यसरी हुँदैछ गल्ती .....

काठमाडौं, १५ वैशाख । बलात्कारमा संलग्न व्यक्तिलाई निर्दोष सावित गर्न अस्पतालबाट डिस्चार्ज भएको नक्कली कागजपत्र बनाएको अभियोगमा पक्राउ गरी धरौटीमा छुटेका वीर अस्पतालका दुई कर्मचारी धमाधम हाजिर गर्दै काममा खटिएको पाइएको छ । बलात्कारमा संलग्न सिन्धुपाल्चोक मानेस्वाँराका उद्धवप्रसाद नेपाललाई निर्दोष सावित गर्न ५० हजार रुपैयाँ लिएर अस्पतालमा भर्ना र डिस्चार्ज भएको नक्कली कागजपत्र बनाएको आरोप लागेका लक्ष्मणप्रसाद अर्याल र कृष्णप्रसाद तिमल्सिनाले एक महिनादेखि हाजिर गरेर काम थालेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । नियमअनुसार अदालतमा मुद्दा चलिरहेको र धरौटीमा छुटेका कुनै पनि व्यक्तिलाई मुद्दाको किनारा नलागेसम्म निलम्बन गर्नुपर्छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल कर्मचारी नियमावली, निजामती कर्मचारी ऐन, अदालत बन्दोबस्ती नियमावलीविपरीत गम्भीर प्रकृतिको मुद्दामा धरौटीमा छुटेका कर्मचारीलाई काम गर्ने अधिकारी छैन । dainiknepal

0 comments

Write Down Your Responses