१९ वर्षीय युवतीको यस्तो यौन सम्बन्धले पाकिस्तान हल्लायो ....

एजेन्सी । विवाहअघि नै हुने यौन सम्बन्धबारेको एक पाकिस्तानी महिलाको लेखले नयाँ बहस सिर्जना गरेको छ । जेहरा हैदरको ‘वाईस’ पत्रिकामा प्रकाशित लेख ‘पाकिस्तानमा विवाहअघिको सेक्सले मैले के सिके ?’ ले पाकिस्तानीलाई दुई कित्तामा बाँढेको छ । आफ्नो १९ आैं जन्मदिनभन्दा ठीक अघि टोरोन्टोमा बस्ने हैदरले पाकिस्तानमा विवाहभन्दा अघिको यौन सम्बन्धको आफ्नो अनुभव र बाबुआमाले थाहा पाएपछि दिने प्रतिक्रियाका बारेमा लेखिएको छ । उनले लेखेकी छन्, ‘जब परिवारले थाहा पायो तब यसलाई नाटकीय र अर्थहीन रुपमा लिए ।’ उनको लेखमा भनिएको छ, ‘पाकिस्तानमा सेक्स एक प्रतिबन्धित विषय हो । हाम्रो पुरुषप्रधान समाजमा उनीहरुबारे केही बोलिन्न तर महिलाको यही विषय ठूलो बन्छ ।’ केही मानिसहरुले यस लेखलाई साहसिक लेख भन्दै स्वागत गरेका छन् भने केहीले विरोध गरेका छन् । यो लेखका विषयलाई लिएर सामाजिक सञ्जालमा समेत विभिन्न प्रतिक्रियाहरु जनाइएका छन् ।

0 comments

Write Down Your Responses