हेलिकोप्टर र जहाज उडाउनेहरू पनि नक्कली

काठमाडौं, १९ वैशाख । नक्कली शैक्षिक प्रमाणपत्रमाथि छानविन तीब्र पारेको प्रहरीले अब उड्डयन क्षेत्रमा समेत अनुसन्धान अघि बढाउने भएको छ । चिकित्सा र इन्जिनियरिङमा जस्तै उड्डयनमा पनि नक्कली प्रमाणपत्रका भरमा हेलिकोप्टर र जहाज उडाउनेहरु रहेको आशंका चुलिएपछि प्रहरीको अनुसन्धान ब्युरो चनाखो भएको हो । नागरिक दैनिकले समाचार छापेको छ । पाइलट कोर्स अध्ययन गरी नेपाल नागरिक उड्डयन्त्र प्राधिकरणबाट उडान अनुमतिपत्र पाएकाहरुको शैक्षिक प्रमाण्पत्र छानबिन गर्न लागिएको ब्युरोले जनाएको छ । विज्ञान विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी कमर्सियल पाइलट लाइसेन्स कोर्स पूरा गरेकालाई प्राधिकरणले जहाज र हेलिकप्टर उडाउन अनुमति दिँदै आएको छ । अहिलेसम्म करिब ५ सय जनाले यस्तो अनुमति पाएका छन्। शैक्षिक याग्यता न्यू भएपनि पाइलट कोर्स आर्थिक हिसाबले महंगो मानिन्छ । यसको अध्ययन सुरु गर्नै न्यूनतम ३० लाख रुपैयाँ लाग्ने जानकारहरु बताउँछन् । यसअघि ब्युरोले चिकित्सा र इन्जिनियरिङ क्षेत्रका नम्कली प्रमाणपत्रधारीमाथि अनुसन्धान गरेको थियो । यसक्रममा १७ नक्कली चिकिस्तक पक्राउ परेका छन् ।

0 comments

Write Down Your Responses