नक्कली प्रहरी र डाक्टरपछि इन्जिनियर पनि नक्कली, राजधानीमा पाँच जना पक्राउ
काठमाडौं, १५ बैशाख । नक्कली प्रहरी र डाक्टर समातिरहेको प्रहरीले इन्जिनियर पनि नक्कली फेला पारेको छ ।
इन्जिनियरको नक्कली प्रमाणपत्र बनाउने गिरोहका ५ जनालाई महानगरीय अपराध महाशाखाले उपत्यकाका बिभिन्न ठाउँबाट मंगलबार पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार पक्राउ पर्नेहरुमा ललितपुर–१८ गाबाहलका कम्प्युटर डिजाइनर २९ वर्षीय अंकित खड्का, ललितपुर–१४ नख्खिपोटका ४४ बर्षीय सुबित खड्का, डोटी दिपायल सिलगढी नगरपालिका–३ का २८ बर्षीय हितेश सिंह, खोटाङ बाकसिला गाबिस–८ का २६ बर्षीय पुजनकुमार खत्री र काठमाडौं बुढानिलकण्ठ–३ का २६ बर्षीय सनत श्रेष्ठ रहेका छन् ।
महाशाखाबाट खटिएको अनुसन्धान टोलीले ललितपुर उपमहानगरपाकिला–१८ गाबहालस्थित कम्प्यूटर डिजाइनर कार्यालयबाट कम्प्यूटर लगायतका उपकरणहरु तथा छापसहित नक्कली इन्जिनियरिङको प्रमाणपत्र र परिषदमा दर्ता गर्न चाहिने अन्य कागजातहरुसमेत नक्कली कागजात तयार पार्ने व्यक्ति तथा उक्त कागजातहरुको प्रमाणित प्रतिलिपि प्रयोग गरी नेपाल इन्जिनियरिङ परिषदमा दर्ता गराउने व्यक्ति एवं केही नक्कली इन्जिनियरहरु समेतलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।


0 comments
Write Down Your Responses